जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जनशक्तिसँगै पूँजी पलायन : वैदेशिक अध्ययनमा दुई महिनामै बाहिरियो २३ अर्ब ३३ करोड

जनशक्तिसँगै पूँजी पलायन : वैदेशिक अध्ययनमा दुई महिनामै बाहिरियो २३ अर्ब ३३ करोड

नेपालबाट जनशक्तिसँगै शिक्षाको लागि पूँजी पलायन हुने दर दोब्बरले पढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन र भदौमा भन्दा यो वर्ष सोही अवधिमा वैदेशिक शिक्षामा दोब्बर रकम बाहिरिएको छ ।

केन्द्रीय बैंकका अनुसार दुई महिनामै नेपालबाट विभिन्न मुलुकमा शिक्षाका लागि २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको हो । अघिल्लो वर्ष साउने संक्रान्तिदेखि भदौ मसान्तसम्म यो शीर्षकमा १२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो । तर, यो वर्ष भने दुई महिनामै त्यसको झण्डै दोब्बर रकम बाहिरिएको हो ।

देशमा नैराश्यता बढेपछि पछिल्लो समय १२ कक्षा उत्तीर्ण गरेका अधिकांश विद्यार्थीले वैदेशिक अध्ययन रोज्ने गरेका छन्‌ । शैक्षिक संस्थाहरूमा राजनीतिक दलका भ्रातृ संगठनको अराजकता, कमजोर शैक्षिक गुणस्तर र रोजगारी अभावका कारण किशोरकिशोरीहरूले विदेशलाई नै शैक्षिक गन्तव्य बनाइरहेका छन्‌ । त्यहाँ पुगेर काम गर्दै केही समय अध्ययन गर्ने र त्यसपछि पूर्ण रोजगारीमा जोडिने उनीहरूको लक्ष्य हुने गरेको छ ।

यसरी स्नातक तहकै अध्ययनका लागि ठूलो परिमाणमा रकम विदेसिन थालेका कारण नेपालको सेवा आय नै घटेको छ । विद्यार्थीहरूले विदेश लग्ने रकम नेपालमा विदेशी पर्यटकले खर्चनेभन्दा पनि धेरै हुने गरेको छ ।

1260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?