जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकले बिदाका दिन दसैँ काउन्टर सञ्चालन गर्ने, कुन-कुन शाखा खुल्छन् ?

प्रभु बैंकले बिदाका दिन दसैँ काउन्टर सञ्चालन गर्ने, कुन-कुन शाखा खुल्छन् ?

प्रभु बैंकले ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ। 

बैंकले दसैँ बिदाका दिनहरुमा काठमाण्डौ उपत्यकाभित्र र बाहिर दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो। दसैँको टीकाका दिनबाहेक कात्तिक ४, ५, ६, ८ र ९ गते दसैँ काउन्टर बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ। 

प्रभु बैंकका अनुसार काठमाण्डौ उपत्यकाभित्र मुख्य शाखा (बबरमहल), कमलादी, कुमारीपाटी (मानभवन) र भुक्तपुर शाखामा दसैँ काउन्टर सञ्चालन हुनेछ। 

यसैगरी उपत्यकाबाहिर विराटनगर, इटहरी, जनकपुर, वीरगन्ज (आदर्शनगर), पोखरा (रत्नचोक), नेपालगन्ज, भैरहवा र धनगढी शाखाहरुमा दसैँ काउन्टर सञ्चालन हुनेछन्। 

दसैँ काउन्टरमा निक्षेप जम्मा गर्न सकिनेछ भने चेक भुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँ) हुनेछ। रेमिट्यान्स भुक्तानी रकम बढीमा २५ हजार रुपैयाँसम्म (सोभन्दा बढी रकमका लागि खाता खोली जम्मा गर्न सकिने) बैंकले जनाएको छ।

3240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?