जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘जल, चन्दन, अबिर, अक्षता’ नलाग्ने गरी नोटको प्रयोग गर्न राष्ट्र बैंकको आग्रह 

‘जल, चन्दन, अबिर, अक्षता’ नलाग्ने गरी नोटको प्रयोग गर्न राष्ट्र बैंकको आग्रह 

नेपाल राष्ट्र बैंकले दसैँको टीकाको समयमा बैंकनोट जतन गरेर पयोग गर्न आग्रह गरेको छ | राष्ट्र बैंकले मंगलबार विजया दशमीको शुभकामना व्यक्त गर्दै नोट जतन गरेर प्रयोग गर्न अनुरोध गरेको हो |

‘देवीको प्रसादको रूपमा टीका, जमरा साथै दक्षिणाको लागि बैंकनोट प्रयोग गर्दै हुनुहुन्छ भने यस्ता नोटमा जल, चन्दन, अबिर, अक्षता आदि नलाग्ने गरी होसियारीपूर्वक नोटको प्रयोग गर्नुहोस् ।’ राष्ट्र बैंकले जारी गरेको शुभकामना संदेश पत्रमा उल्लेख छ, ‘नोट हाम्रो सभ्यताको पहिचान हो ।’

यस्तै, प्राप्त दक्षिणा पनि बैंकमा जम्मा गर्न राष्ट्र बैंकले भनेको छ । ‘दक्षिणा प्राप्त गर्ने स-साना भाइबहिनीहरूले आफ्नो दक्षिणालाई सँगालेर बैंक वा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसाल्नुहोस् । यसले भविष्यका आवश्यकता पूर्ति गर्न सहयोग गर्दछ ।’ वित्तीय सचेतना सहितको शुभकामना संदेशमा राष्ट्र बैंकले उल्लेख गरेको छ ।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?