जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डले ८९ कम्पनीलाई सोध्यो स्पष्टिकरण

धितोपत्र बोर्डले ८९ कम्पनीलाई सोध्यो स्पष्टिकरण

समयमा नै वित्तीय विवरण नबुझाउने ८९ सूचीकृत कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टिकरण सोधेको छ ।

समयमा गत आवको र चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण नबुझाएको भन्दै सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले ८९ कम्पनीलाई पहिलो चरणमा स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

सबै कम्पनीलाई मंगलबार नै पत्राचार गरिसेको बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटाले बताए । समयमा नै बोर्डमा बुझाउनु पर्ने विवरण नबुझाउने कम्पनीलाई पत्राचार गरेको १५ दिनमा जवाफ नपठाएको खण्डमा बोर्डले धितोपत्र ऐन अनुसार जरिवाना तिराउन सक्ने व्यवस्था रहेको छ ।

धितोपत्र बोर्डले साउन ११ गते समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा विवरणहरु त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र बोर्ड समक्ष पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ । समयमा जवाफ नपठाएको खण्डमा सोही व्यवस्था अनुसार नै कारबाही गर्ने बोर्डले जनाएको छ ।

990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका