जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

राष्ट्रिय बीमा कम्पनीको सीईओबाट बरालको राजीनामा स्वीकृत, निमित्त सीईओको जिम्मेवारी कोइरालालाई

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट शेखर बरालले दिएको राजीनामा स्वीकृत भएको छ।

बरालले गत मंसिर १२ गते कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायसमक्ष राजीनामा दिएका थिए। बरालको राजीनामा आज मंसिर १५ गतेबाट लागू हुने गरी सञ्चालक समितिको आज बसेको बैठकले स्वीकृत गरेको हो।

बरालले व्यक्तिगत कारणले आफूले राजीनामा दिएको बताएका छन्।

यसैबीच सञ्चालक समितिको बैठकले आजैबाट लागू हुने गरी कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सुबास कोइरालालाई दिने निर्णय गरेको छ। कोइराला कम्पनीका नायब सीईओ हुन्।

1285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका