


भूपेन्द्र आचार्य । नेपाली बजारमा शेयरको मुल्य लगातार घटेर “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” जस्तो लगानीकर्ताहरुमा भएको बेला विभिन्न वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनीहरु लगायत ११४ कम्पनीहरुको करिब ५२ अर्बको नगद लाभाशं र बोनश शेयर बजारमा आएको छ ।
शेयर बजारले नपत्याएको कम्यूनिष्ट सरकार आए देखिनै लगातार शेयर बजार घटेर खरानी झै भएको छ ।
डा. युवराज खतिवडा अर्थमन्त्री भएको १ वर्ष भन्दा बढी भयो शेयर बजार यो बीचमा लगातार घटेर खरानी जस्तै भएको छ । तर अर्थमन्त्री डा. खतिवडा शेयर बजारलाई सम्बोधन गर्न भन्दा शेयर बजार अनुउत्पादक क्षेत्र भनिरहेका छन् । यसले जति बोनस शेयर र नगद लाभाशं बैंक र वित्तिय क्षत्रले दिए पनि शेयर बजार बढ्ने संकेत समेत छैन ।
११४ कम्पनीहरुले गत वर्षको नाफा र जगेडा कोषबाट बोनस शेयर र नगद लाभाशं ५२ अर्बको घोषणा गरे पनि शेयर बजार सधैं रातो भएको देखिन्छ । नलगानीकर्तामा शेयर खरिद विक्रीको चासो छ । २८ वाणिज्य बैंकहरुको २ अर्ब ५० करोड चुक्ता पुँजीबाट बढेर ८ अर्ब पुगेपछि ८ अर्बलाई दिइने लाभाशं र बोनस शेयर कम भएकै कारण बजार नबढेको भन्नेहरु पनि छन् ।
तर राज्यकै कारण शेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् ।११४ कम्पनीहरुले १९ अर्ब ९० करोड रुपैयाँको बोनस शेयर र ३३ अर्ब ८६ करोड रुपैयाँ नगद लाभांस दिएका छन् । अधिकांस कम्पनीहरुले बोनस शेयरभन्दा नगद लाभांसमा नै जोड दिएका छन् ।
बोनस शेयर दिएको भए शेयर बजार उकालो लाग्ने प्रष्टै थियो तर यस्तो भएन ।
बैंकहरुको औषत आधार व्याज दर १० प्रतिशत हाराहारीमा रहेकाले निक्षेपको व्याजदरभन्दा कम्पनीहरुले दिने प्रतिफल उच्च देखिएको छ । यो लगानीकर्ताहरुको लागि शुभ–समाचार भएपनि बैंकहरुका लागि राम्रो संकेत पक्कै होइन ।
बजारमा सूचिकृत २८ वटा बाणिज्य बैंकहरुमध्ये २४ वटाले लाभांस वितरण तथा घोषणा गरेका छन्। बाणिज्य बैंकहरुले बोनस शेयरभन्दा नगद लाभांसलाई जोड दिएका छन्। बैंकहरुले औषत नगद लाभांस ९.५९ प्रतिशत र बोनस शेयर ६.२४ प्रतिशत मात्रै दिएको देखिन्छ ।
बैंकहरुमा ३१ अर्ब ३६ करोड रुपैयाँ लाभांस वितरण गर्दा १२ अर्ब ३५ करोड रुपैयाँको पूँजी थपेका छन् भने १९ अर्ब रुपैयाँ नगद वितरण गरेका हुन्। एनसिसी बैंक, सेञ्चुरी बैंक र नेपाल बैंकले भने लाभांस घोषणा गरेका छैनन्। नेपाल इन्भेष्टमेण्ट बैंकले सबैभन्दा धेरै ४० प्रतिशत अर्थात ४ अर्ब २५ करोड रुपैयाँ लाभांस दिएको देखिन्छ । तर, पनि शेयर बजार बढ्नुको साटो लगातार घटेको छ ।
यस्तै बजारमा सूचिकृत ३४ वटा विकास बैंकहरुमध्ये २४ वटाले औषतमा १३.९५ प्रतिशत लाभांस वितरण गरेका छन्। बैंकहरुले बोनस शेयरमार्फत दुई अर्ब ३६ करोड रुपैयाँको पूँजी थपेका छन्।
त्यस्तै शेयधनीहरुले एक अर्ब ९० करोड रुपैयाँको नगद लाभांस पाउने भएका छन् । तर, शेयर बजारलाई यसले कुनै असर नै गरेको छैन ।
दोस्रो बजारमा २७ वटा फाइनान्स सूचिकृत छन्। जसमध्ये गत आर्थिक वर्षको नाफाबाट १० वटाले मात्रै लाभांस दिएको देखिन्छ ।
१० वटा फाइनान्सले वितरण गरेको प्रतिफलका आधारमा ९ प्रतशित लाभांस दिएका छन्। फाइनान्सहरुले ६५ करोड ६० लाख रुपैयाँ प्रतिफल दिएका छन् । फाइनान्स कम्पनीहरुले पूँजी जुटाइसकेपछि ९ प्रतिशत लाभांस वितरण गर्दा बोनस शेयर २.७४ र ६.२६ प्रतिशत नगद वितरण गरेको देखिन्छ ।
चार वटा होटलमध्ये तीन वटाले २१.९७ प्रतिशत लाभांस वितरण गरेका छन्। तीन वटा होटलले ५१ करोड ५२ लाख रुपैयाँ लाभांस दिएका हुन्। बोनस शेयर र १३ प्रतिशत नगद लाभांस दिएका छन ।
२५ वटा जलविद्युत कम्पनीहरु सूचिकृत मध्ये ८ वटाले मात्रै लाभांस दिएका छन्। लाभांस वितरण गर्ने कम्पनीहरुको औषत लाभांस वितरण १७.६५ प्रतिशत रहेको छ।
जलविद्युत कम्पनीको लाभांस र औषतमा समग्र कम्पनीहरुको लाभांस वितरणको अनुपात उस्तै उस्तै देखिएको हो। व्यावसायिक सञ्चालनमा आउने कम्पनीहरुको लाभांस वितरण अनुपात भने समग्रमा सन्तोषजनक देखिएको छ।
उत्पादन तथा प्रसोधन अन्तर्गत सूचिकृत कम्पनीमध्ये ५ वटा कम्पनीको औषतमा ९८ प्रतिशत लाभांस वितरण गरेका छन्। सबैभन्दा धेरै लाभांस वितरण गर्ने कम्पनी युनिलिभर देखिन्छ ।
युनिलिभरले नाफाबाट ७०० प्रतिशत नगद लाभांस दिएको छ। नेपाल ल्युव आयलबाहेक अन्यले नगद लाभांस दिएका छन्। त्यस्तै हिमालयन डिस्ट्रिलरी, बोटलर्स नेपाल तराई र बालाजुले समेत लाभांस नै दिएका छन्।
३३ वटा माइक्रो फाइनान्सहरुले गत वर्षको नाफाबाट लाभांस वितरण गरेका छन्।
३३ वटाले दुई अर्ब ३६ करोड रुपैयाँको लाभांस वितरण गरेका छन्। लघुवित्त वित्तीय संस्थाले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिएको देखिन्छ ।
यस्तै नेपाल टेलिकम र एचआइडिसिएलले गत आर्थिक वर्षको नाफाबाट लाभांस वितरण गरेका छन्। नेपाल टेलिकमले ८ अर्ब २५ करोड रुपैयाँको नगद लाभांस वितरण गरेको छ भने एचआइडिसिएलले एक अर्ब रुपैयाँको बोनस शेयर दिने देखिन्छ ।
सूचिकृत १३ म्युचुअल फण्डमध्ये तीन वटाले मात्रै लाभांस वितरण गर्न सकेका छन्। तीन वटा फण्डको औषत लाभांस १४.७२ प्रतिशत रहेको छ। तीन फण्डले ३६ करोड७८ लाख रुपैयाँको नगद लाभांस वितरण गरेका छन् ।
यस्तै बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक अन्यले लाभांस घोषणा गरेका छैनन्। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको लागि चालु आर्थिक वर्षदेखि एनएफआरएस अनुसारको वित्तीय विवरण तयार पार्नु पर्ने साथै एक्चुरी मूल्याङ्कनमा ढिलाइ हुँदा लाभांस घोषणा हुन अभै सकेको अवस्था छैन।
११४ कम्पनीहरुले लाभांस वितरण गर्दा समेत दोस्रो बजारमा प्रभाव पार्ने गरेको भएता पनि यस वर्ष भने खासै शेयर बजारमा प्रभाव पारेको देखिएन । दुईरतीन वर्ष अगाडि कम्पनीहरुले पूँजी बृद्धि योजनासँगै लाभांस वितरण गर्दा बजार ह्वातै बढ्ने गरेको थियो । तर अहिलेको वियरिस ट्रेण्डमा भने लाभांसले खासै उत्साह शेयर बजारमा ल्याउन सकेन ।
विगत तीन वर्षको बजारलाई हेर्ने हो भने ७७१ अंकले बजार घटेको छ । तर नेपालको शेयर बजारमा वुलिस र वियरिस ट्रेण्ड दुवैलाई मूल्याङ्कन गर्दा लगानी प्रतिफल १४र१५ प्रतिशत रहेको अनुमान गरिन्छ ।
दीर्घकालिनरुपमा लगानी गर्नेले राम्रै मुनाफा आर्जन गर्न सके पनि अल्पकालिन लगानीकर्ता भने मर्कामा परेका छन् । राज्यले समयमै अनुउत्पादक क्षेत्र भनिरहेको शेयर बजारलाई सम्बोधन गरि अगाडी नबढे शेयर लगानीकर्ता पलायन हुने र राज्यको अर्थतन्त्र नै तहसनहस हुने देखिन्छ । सचेत भया । राजतिलक साप्ताहिक
सम्बन्धित समाचार
लोकप्रिय समाचार
