जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा छलाङ्गः पछिल्लो नेपाल लाईफ, दोस्रो नेशनल लाईफ, तेस्रो एलआईसी नेपाल, चौथो हिमालयन लाईफ इन्स्योरेन्स !

जीवन बीमा कम्पनीहरुको बीमा शुल्कमा छलाङ्गः पछिल्लो नेपाल लाईफ, दोस्रो नेशनल लाईफ, तेस्रो एलआईसी नेपाल, चौथो हिमालयन लाईफ इन्स्योरेन्स !

१४ जीवन बीमा कम्पनीहरुले चालु वर्षको ५ महिनामा साढे ६१ अर्ब कूल बीमा शुल्क कमाएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । ५ महिनाको अवधीमा सबैभन्दा बढि बीमा शुल्क आर्जन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गरेको छ । दोस्रोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको छ भने तेस्रोमा एलआईसी नेपालले बीमा शुल्क आर्जन गरेको छ भने चौथोमा गुँराश, प्राइम र यूनियन लाईफ मर्जर भएर बनेको हिमालयन लाईफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

चालु आर्थिक वर्ष २०८०/८१को ५ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ६१ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार १४ वटा जीवन बीमा कम्पनीले मंसिरसम्म ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । मंसिरसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाल लाइफ इस्योरेन्सले १६ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, नेशनल लाइफले ७ अर्ब १६ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)ले ६ अर्ब ९२करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यस्तै, हिमालयन लाइफले ६ अर्ब ७९ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ५२ करोड रुपैयाँ, सूर्यज्योति लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ, एशियन लाइफले ३ अर्ब २ करोड रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यस्तै, सिटिजन लाइफले २ अर्ब २३ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब १९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ६७ करोड रुपैयाँ, आइएमई लाइफले १ अर्ब ६३ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको भेटिएको छ । सचेत भया ।

860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका