जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ ।

सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ । भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ ।

सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ । कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

8515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका