जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बागमती, कर्णाली र सुदूरपश्चिमका सरकारी विद्यालयको पूर्वाधार निर्माणमा माछापुच्छ्रे बैङ्कको सहयोग

बागमती, कर्णाली र सुदूरपश्चिमका सरकारी विद्यालयको पूर्वाधार निर्माणमा माछापुच्छ्रे बैङ्कको सहयोग

माछापुच्छ्रे बैङ्कले विभिन्न प्रदेश अन्तर्गतका सरकारी विद्यालयलाई पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको हो ।

बैङ्कले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न.पा.वडा नं.१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी न.पा.वडा नं.०६, बडेहाँ स्थित शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न सहयोग गर्ने भएको छ । उक्त प्रयोजनका लागि बैङ्कले दुवै विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

त्यसैगरि बैङ्कले बाग्मती प्रदेशको का.म.न.पा. वडा नं. ४ लम्टङ्गीन स्थित पञ्चकन्या आधारभूत विद्यालयलाई आवश्यक सभा हलको निर्माण गर्नै सम्झौतामा हस्ताक्षर गरेको छ । विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैङ्कले उक्त दुई सरकारी विद्यालयहरूको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो ।

२८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत त्रिभुवन जन माध्यमिक विद्यालयले ३ हजार ५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएका छन् । खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या भोगिरहेको छ ।

यता, १ हजार ८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत शैलेश्वरी उच्च माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवं शिक्षकहरूले समस्या भोगिरहनु परेको छ ।

विद्यालयको पूर्वाधार निर्माण गर्ने सम्बन्धी सम्झौता पत्रमा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष तथा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैङ्कले त्रिभुवन जन माध्यमिक विद्यालय परिसरमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार र शैलेश्वरी उच्च माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी हस्तान्तरण गर्नेछ ।

यसै गरी काठमाडौँ महानगरपालिकाको नमुना विद्यालयको वर्गीकरणमा परेको पञ्चकन्या आधारभूत विद्यालयमा आवश्यक सभा हलको अभावका कारण विभिन्न शैक्षिक कार्यक्रमहरूको आयोजनामा समस्या देखिएको भन्दै सभा हल निर्माणमा सघाउन आएको आग्रह अनुसार बैङ्कले उक्त स्कुलमा सभा हलको निर्माण गर्नै निर्णय गरेको हो ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न सङ्घ संस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका