जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रभू महालक्ष्मी लाइफको निमित्त सीईओको जिम्मेवारी प्रसाईंलाई

प्रभू महालक्ष्मी लाइफको निमित्त सीईओको जिम्मेवारी प्रसाईंलाई

प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई सञ्चालक समितिको बुधबारको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाईं प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए ।

चार्टर्ड अकाउण्टेण्ट समेत रहेका प्रसाईंले बीमा क्षेत्रमा आफ्नो करिअरको शुरुवात तत्कालीन बीमा समिति ( हालको नेपाल बीमा प्राधिकरण)बाट गरेका हुन् । बीमा समितिबाट राजीनामा पछि नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाई‌ंले त्यहाँ ४ वर्ष तीन महिना काम गरे । त्यस अवधिमा उनले ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?