जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घट्यो, आठ कम्पनीको वृद्धि

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घट्यो, आठ कम्पनीको वृद्धि

गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन सामान्य अंकले बढेको छ । आर्थिक मन्दिको कारण अन्य क्षेत्र झै बीमा क्षेत्रको व्यवसायमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ।

गत आर्थिक बर्षमा २० अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्मा १९ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३। ५८ प्रतिशतले घटेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।

गत आर्थिक बर्षको तुलनामा आठ बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन बढेको छ भने ६ बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन घटेको छ।

गत आर्थिक बर्षको तुलनामा दि ओरियन्टल, नेशनल, प्रभु, सानिमा जिआईसी, हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, नेको र एनएलजी इन्स्योरेन्स कम्पनीको बीमाशुल्क आर्जन गत बर्षको तुलनामा बढेको छ ।

सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, युनाईटेड अजोड, सिद्धार्थ प्रिमियम र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको छ ।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?