जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्ज २ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब ६६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । दोस्रो त्रैमासमा भने खुद बीमा शुल्क आर्जन ४.२३ प्रतिशतले बढेको कम्पनीले प्रकाशन गरेको तथ्यांकले देखाएको छ ।

खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने यस अवधिसम्ममा कम्पनीले २ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत बर्षको तुलनामा कम्पनीको मुनाफा २.७३ प्रतिशतले वढेको हो ।

दोस्रो त्रैमासको अवधिमा अभिकर्ता कमीशमार्फत साढे २७ करोड रुपैयाँ खर्चिएका छन् ।

कम्पनीको हालको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ, जीवन बीमाकोषमा १२ अर्ब, महाविपत्तीकोषमा १४ करोड र जगेडा कोषमा ६८ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ६.६० रुपैयाँ रहेको छ ।

420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका