जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले ल्यायो ADBL Overdraft Card

कृषि विकास बैंकले ल्यायो ADBL Overdraft Card

बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त भइनेछ ।

कृषि विकास बैंकमा भएको तलवी खातामा रकम मौज्दात सकिएपछि रु.२ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा व्याज पाइने, कर्जाको सावाँ र व्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेविट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने यस सेवाका विशेषता रहेको छ । बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी लाभान्वित हुन बैंकले तमाम ग्राहकहरुलाई आग्रह गरेको छ ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका