जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‘बैंकमा निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्’- राष्ट्र बैंक

‘बैंकमा निक्षेप सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्’- राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित रहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रमा राखेको निक्षेप सुरक्षित भएको दाबी गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमाथि राष्ट्र बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षण विभागले निरन्तर निगरानी गरिरहेकोले बैंकिङ क्षेत्रमा कुनै पनि समस्या नभएको दाबी गरेको हो । यसका साथै राष्ट्र बैंकले नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा ढुक्क भएर कारोबार गर्न पनि आग्रह गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले पछिल्लो समय केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरु राष्ट्र बैंकको निर्देशनअनुरुप भएको पनि राष्ट्र बैंकले जनाएको छ । योसँगै बैंकिङ क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्य पछाडी नलागी ढुक्कसँग नियमित रुपमा कारोबार गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ । यस्तो छ राष्ट्र बैंकको विज्ञप्तिः

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका