जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नबिल सीईओको बैंकको लाभांसबारे धारणा, ‘अब वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने चर्चा होला’

नबिल सीईओको बैंकको लाभांसबारे धारणा, ‘अब वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने चर्चा होला’

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले निर्माण क्षेत्र चलायमान नभई अर्थतन्त्र सुधार नहुने बताएका छन्।

शनिबार आयोजित एक कार्यक्रममा ढुंगानाले सो धारणा राखेका हुन्। ‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा अर्थ मन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्न निर्माण व्यवसायीको भूक्तानी गर्न आवश्यक छ। आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्था पनि गर्नुपर्छ। निर्माण क्षेत्र चलायमान अर्थतन्त्र सुधार हुँदैन।’

अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा देखिँदा आगामी समयमा बैंकहरुले ७/८ प्रतिशत बढी लाभांश दिनसक्ने अवस्था नरहेको उनको भनाइ छ।

‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो। आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ। रिटर्न अन इक्विटी कति छ। लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ।’

4020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्