जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बैंकिङ सडकबाट चल्ने अवस्था आयो, सरकारले साथ दिएन : अध्यक्ष केसी

बैंकिङ सडकबाट चल्ने अवस्था आयो, सरकारले साथ दिएन : अध्यक्ष केसी

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट चल्ने अवस्था आएको बताएका छन् । संघले सोमबार आयोजना गरेको कार्यक्रममा बैंकिङ क्षेत्रलाई सरकारले साथ नदिएको गुनासो गर्दै उनले यस्तो बताएका हुन् ।

संघले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंक समस्यामा छन् भन्ने ह्लला गलत रहेको र यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

एनएमबि बैंकका सीईओसमेत रहेका केसीले अमेरिकाको मुद्रास्फीति र बेरोजगार बढिरहेकोले ब्याज घट्छ कि घट्दैन भन्ने दुविधा रहेको बताए । मुद्रास्फीति घट्दो अवस्थामा रहेकोले अब स्थीर अवस्थामा जान सक्ने उनको भनाई छ ।

‘सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या छ, रेमिट्यान्स बढ्दै गइरहेको छ, वैदेशिक व्यापार पनि बढ्दो छ, माग कमले केही समस्या छ,’ उनले भने ।

वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भए पनि यसको प्रयोग गर्नतर्फ जान्नुपर्ने उनको भनाई छ ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका