जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बढी भाडा असुल्ने ११ जना पक्राउ

आर्थिक विशेष

बढी भाडा असुल्ने ११ जना पक्राउ

बढी भाडा असुल्ने ११ जना पक्राउ

नेपाल प्रहरीले चाडबाडका बेलामा बढी भाडा असुल्ने ११ जनालाई पक्राउ गरी कारवाही गरेको छ ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले टिकट काउन्टर अनुगमनका क्रममा बढी भाडा लिएर टिकट काट्ने कार्यमा संलग्न उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट आज पक्राउ गरेको हो ।

पक्राउपर्नेमा दिनेश राउत, धनिन्द्र राई, राजु केसी, रविन बस्नेत, साजन श्रेष्ठ, प्रकाश मगर, टेकेन्द्र राई, अन्जन तामाङ, डेकेन्द्र राई, पूर्णप्रसाद शिवाकोटी र वीरबहादुर चौलागाईं रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोटेश्वर र चाबहिलबाट बढी भाडा लिएर टिकट काट्ने विचौलियालाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला र प्रभाग कोटेश्वरलाई बुझाइएको महाशाखाले जनाएको छ । महाशाखाले यसअघि बढी भाडा असुल्ने नौ जनालाई पक्राउ गरी कारवाही गरिसकेको छ ।

6515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका