जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो ।

मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५/५ हजार रुपैयाँको दरले २२ पटक गरेर १ लाख १० हजार काटिएको म्यासेज आएको थियो ।

‘पैसा काटिएको भोलिपल्ट बिहान मात्र थाहा भयो, बिहान कनेक्ट आईपीएसको सोही खातामा लिंक भएको मेरो खाताबाट पनि थप ९ लाख १० हजार रुपैयाँ काटियो’, उनले अनलाइनखबरसँग भने, ‘पैसा काटिएको ५ मिनेटमा सानिमा बैंक पुगेँ, त्यहाँ ट्रान्सफर भएको एनआईसी एसिया बैंकमा जानु भन्नुभयो । दुवैतिर पैसा रोक्न नमिल्ने कर्मचारीहरुले बताए ।’

उनले यसबारे जिल्ला प्रहरी कार्यालय, सुनसरी र प्रहरीको साइबर ब्यूरोमा पनि अनुसन्धान गरिदिन भन्दै जाहेरी दिएका छन् । जाहेरीमा उल्लेख भएअनुसार, आमा रुसनीदेवीको लुम्बिनी विकास बैंक इनरुवामा भएको पैसा काठमाडौंको अफसोर सफ्ट टेक प्रालिमा गएको देखिएको छ ।

शिवनन्दनबाट चोरिएको पैसा भने पारेश्वर थापा क्षेत्री नामक व्यक्तिको सनराइज बैंकको खातामा ट्रान्सफर भएको देखिएको प्रहरीले जनाएको छ ।

शिवनन्दनकी आमाको पैसा ट्रान्सफर भएको अफसोर सफ्ट टेक प्रालिले पनि आफ्नो खातासमेत ह्याक भएको बताएको छ । त्यो खाताको विवरण हेर्दा त्यहाँ गएको पैसा समेत पारेश्वर थापा क्षेत्रीको नाममा गएको देखिएको छ ।

साइबर ब्यूरोले भने भीपीएन प्रयोग गरेर अमेरिकाको लोकेसनबाट ह्याक भएको देखिएको जानकारी गराएको छ । शिवनन्दनले भने प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको बताएका छन् ।

उनी भन्छन्, ‘समयमै बैंकले पैसा रोकिदिएको भए अहिले यस्तो हुने थिएन, प्रहरीले पनि गम्भीरतापूर्वक हेरेको छैन ।’ पैसा जति सबै ह्याकरले लगेपछि आफूहरु समस्यामा परेको उनी बताउँछन् ।

555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका