जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सम्झौता

चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिन सम्झौता

काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ । सोमबार समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालि बीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।

पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो । समितिले गत ९ साउनमा टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालन अनुमति दिएको हो ।

करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलकाअनुसारसंस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ अर्ब ३० करोड भन्दा बढी आम्दानी गरिरहेको थियो ।

निजी क्षेत्रको व्यवस्थापनबाट अझै राम्रोसँग बन्नदरगाह सञ्चालन हुने उनको विश्वास छ ।

कार्यक्रममा बोल्दै ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिका प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताए । आफूहरुले दिने सेवा स्तरीय बनाउन प्रयास रहने पनि उनको भनाइ छ ।

775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका