जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकलाई आइफोन १५ जित्ने अवसर

कुमारी बैंकको नयाँ वर्षको अफर, भाग्यशाली एक ग्राहकलाई आइफोन १५ जित्ने अवसर

कुमारी बैंकले एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अफर ‘नयाँ वर्ष २०८१ जितौँ आइफोन १५ एकास्सी’ ल्याएको छ।

यसअन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकहरूले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनैपनि एउटा डेटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आइफोन १५ जित्न सक्ने बैंकले जनाएको छ।

यस अफरमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन्। साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ गतेसम्म रहेको बैंकले बताएको छ।

कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ कारोबार सुरु गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो। बैंकले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ इकाइहरूसहित देशका विभिन्‍न सहरी, अर्धसहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरूमार्फत सेवाहरू उपलब्ध गराउँदै आएको छ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका