जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा

सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा

बीमा समितिले सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरेको छ । समितिले आज पत्रकार सम्मेलन गरी सरकारी कर्मचारीलाई सहुलियत कोरोना बीमाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

अर्थमन्त्रालयले हिजो सो सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि समितिले आजदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा र सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यको बुदा ५५/२८५ को कोरोना बीमा सम्बन्धी ब्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापडण्ड बनाई लागु गरेको छ ।

कोरोना बीमालेख
विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतप्राप्त नेपालका २० वटा बीमा कम्पनीहरु मार्फत विक्री भइरहेको बीमा कोरोना बीमालेख हो ।

कोरोना बीमाको बीमाङक रकम र बीमा शुल्क
यस बीमालेख अन्तर्गत एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ । एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको छ । यदि संगोलमा बसेका परिवारका सम्पुर्ण सदस्यहरुको सामुहकि बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरिएको छ ।

बीमालेख खरिद गर्नका लागि आवश्यक न्युनतम सर्तहरुः

नेपाली नागरिक हुनु पर्ने
कुनै नेपाली नागरिक भारत वा तेस्रो मूलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा र बाकी १५ दिन आफ्नो परिवारसँग गरि कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजपत्र ।
सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्यहरु उल्लेख गरिएको स्वघोषणा सहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजपत्र ।
एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चहाने ब्यक्ति वा परिवार बिगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजपत्र ।

दाबी सम्बन्धि ब्यवस्था
कोरोना बीमाले खरिद गरेको १५ दिन पश्चात र नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परिक्षण गर्दा कोरोनाभाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भूक्तानी प्राप्त गर्न सकिनेछ ।

सो कार्यको लागि बीमा कम्पनीले दावीको निबेदन प्राप्त गरेको ७ दिन भित्र बीमितलाई दावी भुक्तानी गर्नु पर्नेछ । यदि भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको ब्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नु पर्ने छ ।

उक्त पत्रकार सम्मेलनमा बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले बीमालेखहरु बीमा समितिबाट इजाजतपत्र प्राप्त बीस अटै निर्जिवन बीमा कम्पनीहरुको बीमा पुल मार्फत सञ्चालन गरिएकोले आफूलाई पायक पर्ने जुनसुकै बीमा कम्पनी मार्फत खरिद गर्न सकिने बताए ।

11375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका