जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकर्स संघसहित सीईओका ४ संस्थालाई गभर्नरले बोलाए

बैंकर्स संघसहित सीईओका ४ संस्थालाई गभर्नरले बोलाए

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकर्स संघसहित प्रमुख कार्यकारी अधिकृत (सीईओ) का ४ संस्थालाई छलफलमा बोलाएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षाका विषयमा छलफल गर्न गभर्नरले संघसहित सीईओका संस्थाहरुलाई बोलाएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

गभर्नर अधिकारीले बाणिज्य बैंकका सीईओको संस्था नेपाल बैंकर्स संघ, विकास बैंकका सीईओहरुको संस्था डेभलमेन्ट बैंकर्स एसोसियसन, वित्त कम्पनीका सीईओहरुको संस्था फाइनान्स कम्पनी एसोसियसन, लघु वित्त संस्थाका सीईओहरुको संघ नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसियसनका प्रतिनिधीहरुसँग चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कस्तो संशोधन गर्ने भन्ने विषयमा छलफल गर्न खोजेका हुन् । छलफल बुधबार अपराह्न ४ बजे राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा आयोजना गरिएको हो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले समस्यामा परेका ऋणीलाई सहुलियत दिने गरी काम गर्न निर्देशन दिएकाले राष्ट्र बैंकका गभर्नर अधिकारीले ऋणीलाई कसरी सहुलियत दिन सकिन्छ भन्ने विषयमा बैंकहरुका सिइओसँग सुझाव माग्ने स्रोतले जानकारी दियो ।

राष्ट्र बैंकले यो साताको अन्त्यसम्ममा मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक गर्ने तयारी गरेको छ ।

विभिन्न विभागले दिएको सुझाव समेट्दै आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको समिक्षाका विषयमा व्यवस्थापन समितिलाई प्रतिवेदन दिइसकेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

‘अनुसन्धान विभागले दिएको प्रतिवेदनको आधारमा व्यवस्थापन समितिले कस्तो समिक्षा गर्ने भन्ने विषय टुंगो लगाउँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने छ,’ राष्ट्र बैंकका ति अधिकारीले भने,‘व्यस्थापन समितिको प्रस्तावलाई सञ्चालक समितिले स्वीकृति दिएपछी मात्रै मौद्रिक नीतिको समिक्षा सार्वजजनिक हुनेछ ।’

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?