जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेदेखि पदभार सम्हाल्ने

ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेदेखि पदभार सम्हाल्ने

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई सीइओ बनाउने निर्णय गरेको हो। रेग्मीले भदौ १ गतेबाट सीइओको पदभार सम्हाल्ने छन्।

बैंकले तीन वर्षअघि डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रेग्मीलाई नियुक्त गरेको थियो। त्यसअघि १३ वर्षसम्म रेग्मी बैंकमा विभिन्न विभागहरुमा रहेका काम गरेका थिए।

रेग्मीले करियरको सुरुवात राष्ट्रिय वाणिज्य बैंकबाट गरेका हुन्। उनले क्षेत्रीय कार्यालय, पोखराको शाखा प्रबन्धक हुँदै विभिन्न विभागमा बसेर काम गरेका थिए।

त्यसपछि उनी छात्रवृत्तिमा बेलायतको युनिभर्सिटी अफ वेल्समा एमबीए गर्न गएका थिए। त्यसपछि फर्किएर केन्द्रीय कार्यालयमा काम गरेका थिए।

रेग्मी ग्लोबल आइएमईमा डेपुटी म्यानेजर पदबाट छिरेका थिए। उनले राष्ट्रिय वाणिज्य बैंकमा पनि २०४५ साल भदौ १ गतेदेखि काम गरेका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले साउन अन्तिममा अवकास पाउँदै छन्।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्