जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकले बढ्दो बैंकिङ ठगीबारे सचेत गराउन सार्वजनिक गर्‍यो वित्तीय सचेतना भिडियो

सिटिजन्स बैंकले बढ्दो बैंकिङ ठगीबारे सचेत गराउन सार्वजनिक गर्‍यो वित्तीय सचेतना भिडियो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ। बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारणमाझ सचेतना जगाउन ‘सचेत सिटिजन नै हो सेफ सिटिजन’ भन्‍ने अभिप्रायका साथ भिडियो सार्वजनिक गरिएको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरू एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्र्याटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा उक्त भिडियो सार्वजनिक गरेका हुन्।

‘बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ। विभिन्‍न बाहानामा ग्राहकसँग पासवर्ड, ओटीपी, खाताको विवरण मागेर साथै ग्राहकहरूलाई चिठ्ठा तथा अन्य बहुमूल्य सामानहरू जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढिरहेको र यस सचेतना भिडियोबाट बढ्दै गरेका यस्ता गतिविधीहरूको न्यूनीकरण हुने र ग्राहकहरूमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ,’ बैंकले भनेको छ।


कन्फरेन्सलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरूलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नवीनतम एवं नमुना सेवा सुविधा दिँदै अघि बढ्न आग्रह गरे।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका