जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु महालक्ष्मीले बोलायो साधारणसभा, हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव 

प्रभु महालक्ष्मीले बोलायो साधारणसभा, हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारणसभा बोलाएको छ। गत आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २३ गते साधारणसभा बोलाएको हो ।सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसका साथै सभाले नियामकले निर्धारण गरेको चुक्तापूँजी पुर्‍याउन बोनस शेयर जारीपछि कायम चुक्तापूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पनि पारित गर्नेछ।

2440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका