जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बैंकले संचालनमा ल्यायो नगद निक्षेप मेसिन

नेपाल बैंकले संचालनमा ल्यायो नगद निक्षेप मेसिन

नेपाल बैंकले न्युरोड , धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो  नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ। एक कार्यक्रमका माझ उक्त मेसिन संचालनमा ल्याइएको बैकले जनाएको छ। 

सो नगद निक्षेप मेसिनको समुद्घाटन गर्दै यस बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने बैंकले जनाएकोछ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।  

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेकोछ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको छ ।

1925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका