जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको निर्देशन तीन लघुवित्तले टेरेनन्, असुली प्रभावित हुँदा व्यवसायमा धक्का

राष्ट्र बैंकको निर्देशन तीन लघुवित्तले टेरेनन्, असुली प्रभावित हुँदा व्यवसायमा धक्का

आर्थिक वर्ष २०८०/०८१ मा तीनवटा लघुवित्तले राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएको छ। राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले गरेको गैर-स्थलगत सुपरिवेक्षणका क्रममा ग्रामीण विकास, मानुषी र सुपर लघुवित्तले निर्देशन पालना नगरेको पाइएको हो।

ग्रामीण विकास लघुवित्तले गत वर्ष कृषि क्षेत्रमा तोकिएको सीमा अनुसार कर्जा प्रवाह नगरेको विभागको प्रतिवेदनमा उल्लेख छ। लघुवित्तहरुले आफनो कुल कर्जाको एक तिहाइ अनिवार्य रुपमा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ।

मानुषी लघुवित्तले राष्ट्र बैंकले तोकेभन्दा बढी कर्जामा धितो लिएको भेटिएको जनाएको छ। लघुवित्तले धितो लिई प्रवाह गर्ने सबै किसिमको कर्जा कुल कर्जाको बढीमा एक तिहाईभन्दा बढी हुन नहुने व्यवस्था मानुषीले उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ।

सुपर लघुवित्तको पुँजी कोष सीमाभन्दा कम देखिएको छ।

लघुवित्तहरुको ऋण असुली प्रभावित हुँदा कर्जा नोक्सानी बढेको र नाफामा समेत प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ।

2970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर