जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल दूरसञ्चार प्राधिकरणले तीन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले तीन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ। तोकिएको शर्तको पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कारणले ती कम्पनीहरूलाई कारबाही गरिएको हो। प्राधिकरणले रेग्मी मिडिया इंक, सीडाटा कम्युनिकेस र लाइफ नेटको इन्टरनेट सेवा प्रदान गर्ने अनुमतिपत्र रद्द गरेको जानकारी दिएको छ।

सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स सोमवार खारेज गरिएको थियो भने मंगलबार रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको हो। रेग्मी मिडिया इंकले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको अनुमति पाएको थियो। सो कम्पनीले इमेलसहितको सेवा प्रदान गरिरहेको थियो।

नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार, यी कम्पनीहरूलाई दफा २५ (९५०) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ। तिर्नुपर्ने बाँकी रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने बताइएको छ, अन्यथा थप कानूनी कारबाही हुने प्राधिकरणको चेतावनी छ।

2210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्