जोडिनुहोस
बुधबार, मंसिर १९, २०८१
बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • प्राइम बैंक फेरि मर्जरमा जान तयार

प्राइम बैंक फेरि मर्जरमा जान तयार

प्राइम बैंक फेरि मर्जरमा जाने भएको छ । यसअघि कैलास विकास बैंकसहितका वित्तीय संस्थालाई प्राप्ति गरेको प्राइम बैंकले फेरि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जका लागि ढोका खुला राख्ने भएको छ। बैंकले आगामी मंसिर १९ गते बोलाएको १७औं साधारणसभामा मर्जर सम्बन्धी विशेष प्रस्ताव अगाडि सारेको छ । यसअघि केही वाणिज्य बैंकसँग मर्जरको प्रारम्भिक छलफल भए पनि ठोस निर्णय भने भइसकेको थिएन । मर्जरका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घटिरहँदा धेरै बैंक तथा वित्तीय संस्थाले साधारणसभामा मर्जरको प्रस्तार राखेका छैनन् । प्राइमले भने यसपटक राखेको प्रस्तावमा अर्को ठूलो मर्जर हुनसक्ने आकलन गरिएको छ ।

बैंकले यही मंसिर १९ गते आफ्नो १७औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभाले बैंकलाई अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्नका लागि साधारणसभाले बैंकको सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिनेछ । सञ्चालक समितिको ५१५औं बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरण स्विकृत गर्नुका साथै लेखापरीक्षक नियुक्त गर्दै उसको पारिश्रमिक पनि उक्त साधारणसभाले अनुमोदन गर्ने बताइएको छ । बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । यससँगै साधारणसभाबाट सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र त्यसबमोजिम बैंकको नियमावली संशोधन गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

१७औं साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्दै २०८० साउन १ देखि २०८१ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब गरी उक्त अवधिको नगद प्रवाह लगायत लगायत विवरणहरु पनि स्वीकृत गरिनेछ । जसअनुसार आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत (करसहित) का दरले हुने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ नगद लाभांश साधारणसभाले स्वीकृत गर्ने बताइएको छ । बैंकले साधारणसभाका लागि सबै सेयरधनीहरुलाई उपस्थित हुन पनि आग्रह गरेको छ ।

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका