जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो काम

निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा राष्ट्र बैंकले थाल्यो काम

नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर कर्णाली विकास बैंकको सुधारात्मक काम गर्न सुरु गरेको छ। राष्ट्र बैंकबाट गएका ३ प्रतिनिधिले कर्णाली विकास बैंकको व्यवस्थापनमा काम थालेका हुन्।

उनीहरूले सर्वसाधारणको निक्षेप भुक्तानीका लागि केही समय रोकेर काम अगाडि बढाउन लागेका हुन्। बैंकले आज मंगलबार निक्षेप फिर्ता रोकेको हो। बैंकले आज भुक्तानी लिन नआउन सर्वसाधारणलाई सूचना गरेको छ।

राष्ट्र बैंकका प्रतिनिधिले व्यवस्थापन समूहबाट तरलता व्यवस्थापनका विभिन्न विकल्पमा काम गरिरहेको जनाइएको छ। निक्षेप भुक्तानी पहिलो प्राथामिकतामा राखेर सुधारात्मक कार्य सुरु गरेको बैंकले पैसाको जोहो गरेर पुन: भुक्तानी सुरु गर्नेछ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका