जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १२.२८ गुणा बढी आवेदन

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा १२.२८ गुणा बढी आवेदन

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा २ करोड ४५ लाख ४ हजार ३१० कित्ताका लागि आवेदन परेको छ। इन्स्योरेन्सले सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुलाएकामा मागभन्दा १२.२८ गुणा बढी आवेदन परेको हो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार १९ लाख २ हजार ९४८ आवेदकले २ अर्ब ४५ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको आइपीओका लागि आवेदन दिएका हुन्।

कम्पनीको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले १७ लाख १८ हजार ४८४ आवेदकको हात रित्तो हुनेछ। १ लाख ८४ हजार ५०० आवेदकले १०/१० कित्ताका दरले आइपीओ हात पार्नेछन्।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँ दरले फागुन ११ देखि १५ गतेसम्म सर्वसाधारणलाई आवेदन खुलाएको थियो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

कम्पनीले चुक्ता पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृति पाएको थियो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल छ।

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका