जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • २८ वाणिज्य बैंकहरुको १ करोड ४० लाख खर्चबाट सबै नेपालीको बैंक खाता योजनाको सुरुवात

२८ वाणिज्य बैंकहरुको १ करोड ४० लाख खर्चबाट सबै नेपालीको बैंक खाता योजनाको सुरुवात

भूपेन्द्र आचार्य । नेपालका सबै नेपालीहरुको बैंकमा खाता संचालन गर्ने सरकारको बहुचर्चित कार्यक्रम प्रधामन्त्री केपी शर्मा ओलीले प्रारम्भ गरेका छन् ।  प्रधानमन्त्री केपी ओलीले आफ्नै बुबाको खाता खोली उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नेपालका २८ वाणिज्य बैंकहरुबाट ५÷५ लाख उठाएर १ करोड ४० लाख भिन्न दैनिक पत्रिकाहरुमा कभर विज्ञापन गरि भव्य रुपमा शुरु गरिएको सो कार्यक्रमले कस्तो प्रभाव पार्ने हो त्यो हेर्न बाँकी छ ।
राष्ट्रिउ सभा गृहमा २८ वटै बैंकहरुका काउण्टर राखी खाता खुल्ने काम भएके छ । खाता खोल्ने वित्तिकै बैंकहरुले १०० रुपैया खातामा राखीदिने कुमारी बैंकका सीइओ सुरेन्द्र भण्डारीले बताए ।

२८ वाणिज्य बैंकहरु र केही वित्तिय संस्थामा करिब २ करोड ५७ लाख खाता अहिले पनि रहेका छन् । एउटै व्यक्ति र फर्मका दर्जनौ बैंकमा खाता संचालनमा छन् । तर, दुर दराज गाउँका एउटा घरका १ जनको पनि खाता वाणिज्य बैंकमा छैन । तर, करोडौं खर्च गरि राजधानीमा एक व्यक्ति एक खाता, सबै नेपालीको बैंक खाता खोल्ने योजनाले हावा खाने निश्चित जस्तै देखिन्छ ।

बैंकर अनलराज भट्टराई भन्दछन् । ३ करोड नेपालीमा २ करोड भन्दा बढिको खाता वाणिज्य बैंक र वित्तिय संस्थामा देखिन्छ तर गाउँका लाखौं मानिसको खाता छैन । सिरानीमुनी र ढुकुटीमा अझै पैसा छ । यसबारे सोच्नु प¥यो नि ।
ठुलो दैनिक पत्रिकामा ज्याकेट विज्ञापन दिँदैमा बैंक खाता खोलिदैनन्, बैंकिङ्ग साक्षरता, बैंकिङ्ग ज्ञान र पैसा बचाउन, बचत गर्ने, तालिम शिक्षाको जरुरी देखिन्छ ।

नेपाल जनताको रगत र पसिनाबाट जम्मा भएका डिपोजिटबाट २८ वाणिज्य बैंकले ५÷५ लाख खर्च गरि १ करोड ४० लाखमा दैनिक पत्रिकालाई ज्याकेट विज्ञापन दिने र राजधानीमा सुट टाई लगाएर ठुला ठुला होटलमा भाषण गर्ने सीइओहरुले अब बुझे हुन्छ । गाउँका जनताकै ढुकुटी र सीरानीमुनी भएको पैसा यसरी आउदैन । उनीहरु माझ पुगी बैंकिङ्ग वित्तिय क्षेत्रको जानकारी र शिक्षा दिन जरुरी छ ।

६ करोड देखि १५ करोड वार्षिक तलब खाने अनलाइन र ठूला पत्रिकामा अन्र्तवार्ता दिँदै टाई सुट लगाएर फोटो छाप्दैमा बैंकिङ्ग पहुँच बढ्दैन । बैंकिङ ज्ञान दिनु जरुरी छ । गाउँ घर दुर दराजमा पुग्न जरुरी छ । जनताको पैसाबाट महंगो गाडी चढ्ने महंगो तलब भत्ता दिने अनि राजधानीमा बसेर सबै नेपालीको बैंक खाता खोल्ने यो कस्तो बैंकिङ्ग प्रणाली हो गर्भनर साब ?

अनावश्यक जनताको रगत र पसिनाबाट जम्मा भएको डिपोजिटबाट प्रत्येक वाणिज्य बैंकहरुले ५/५ लाख खर्च गरी ज्याकेट विज्ञापन छापी प्रचार प्रसार होइन अब गाउँ पसेर बैकिङ्ग क्षेत्रको जानकारी र शिक्षा दिनु पर्दछ ।
सचेत भया ।

8615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?