जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ कसुर तथा सजाय विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाबाट स्वीकार

बैंकिङ कसुर तथा सजाय विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाबाट स्वीकार

बैंकिङ कसुर तथा सजाय ऐन संशोधन विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाले स्वीकार गरेको छ। प्रतिनिधि सभाको आइतबार बसेको बैठकले विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन सर्वसम्मतरुपमा स्वीकार गरेको हो।

२०८० असोज १६ गते तत्कालीन अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्‍मा दर्ता गराएको यो विधेयक प्रतिनिधि सभाले गत माघ २७ र राष्ट्रिय सभाले चैत ६ गते पारित गरेका थिए।

राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाले स्वीकार गरेसँगै विधेयक अब प्रमाणीकरणको बाट खुलेको छ।

1900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका