जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सेयरधनीलाई सिटिजन्स बैंकको निरन्तर लाभांश, पोहोरको मुनाफाबाट ५.२६% प्रतिफल

सेयरधनीलाई सिटिजन्स बैंकको निरन्तर लाभांश, पोहोरको मुनाफाबाट ५.२६% प्रतिफल

सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले पोहोरको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुने ७३ करोड ८४ लाख ५० हजार ६४८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतले हुने ३ करोड ८८ लाख ६५ हजार ८२३ रुपैयाँ नगद वितरण गर्ने निर्णय गरेको हो।

बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ छ। नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सिटिजन्सका सेयरधनीले लाभांश पाउनेछन्।

सिटिजन्स बैंकले २०६५/६६ मा आइपीओ जारी गरेदेखि नै सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ। २०६५/६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औसत लाभांश दर ११.८७ प्रतिशत रहेको बैंकले जनाएको छ।

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका