जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मर्जर पश्चात कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार पुस १७ गतेबाट

मर्जर पश्चात कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार पुस १७ गतेबाट

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) एक आपस मर्ज भई पुस १७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् ।

मर्जरपछि कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको मङ्सिर २५ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस ६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयल पुस ८ गते एनसीसी बैंकको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु कुमारी बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।

सोहि अनुसार पुस १७ गते आइतबारदेखि कुमारी बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।

एकीकृत कारोबार शुरु गरिने भएको हुँदा डाटा माईग्रेसन प्रयोजनको लागि पुस १५ र पुस १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरुबाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द रहने बैंकले जनाएको छ।

यी दुई बैंक १:१ को स्वापमा मर्ज भएका हुन् । कुमारी बैंक लि.र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी रु.२६ अर्व भन्दा बढी हुने छ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्व १ अर्व भन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।

2180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका