जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डोल्मा ग्रुपलाई पुँजीगत लाभकर छुट दिने संझौतापछि अर्थमन्त्री विवादमा तानिए

डोल्मा ग्रुपलाई पुँजीगत लाभकर छुट दिने संझौतापछि अर्थमन्त्री विवादमा तानिए

मोरिससको ‘सेल कम्पनी’ मा लगानी गरेको डोल्मा ग्रुपलाई नेपालमा लगानी ल्याउने सरकारको संझौता विवादास्पद बनेको छ । डोल्मालाई कर छुट दिने गरी नेपाली बजारमा लगानी भित्राएको विषय विवादास्पद भएको भन्दै अर्थमन्त्री आलोचित बनेका छन् । यस्तै किसिमको संझौतामा यसअघि एनसेललाई दोहोरो कर लाग्ने विषय नेपालको सर्वोच्च अदालत पुगेको थियो । एनसेललाई पुँजीगत लाभकर बुझाउन भनिएको थियो ।

डोल्मा ग्रुपलाई पुँजीगत लाभकर छुट दिनेगरी सरकारले संझौता गरेको छ। । खनाल अर्थमन्त्री भएपछिको यो निर्णय विवादास्पद निर्णय मानिएको छ । सरकारले ‘ट्याक्स हेभन कन्ट्री’ मोरिससको ‘सेल कम्पनी’ मार्फत नेपालमा लगानी ल्याएको र उक्त कम्पनीलाई आयकर छुट दिने निर्णय गरेको बुझिएको छ । नेपालमा १६ वटा कम्पनीमा लगानी गरेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिन सरकारले मोरिससँगको सन्धिमा आधारित छ ।

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका