जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शाओमीले ल्यायो ‘रेडमी १० नोट प्रो’, यस्ता छन् विशेषता

शाओमीले ल्यायो ‘रेडमी १० नोट प्रो’, यस्ता छन् विशेषता

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट १० प्रो को लन्च गरेको छ । रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टीएम३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ । जसले टेक इनोभेसनको क्षेत्रमा नयाँ आयाम ल्याएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीका अनसार देशमा पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ । जसमा हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक क्रान्तिकारी परिवर्तन ल्याएको छ ।

रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछ ।  यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्यवालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ । हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छ ।

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ । जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २एमपी डेप्थ सेन्सर उपलब्ध छ। फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो । जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।

रेडमी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ । रेडमी नोट १० प्रो मा लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ । जसले उत्कृष्ट क्यामेरा क्षमताहरुको प्रदान गर्दछ । यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो– यसको अघिल्लो जेनेरेशन भन्दा यो १५ प्रतिशतले पातलो छ ।

आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीहरुले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोजरहरु प्रदान गर्दछ । यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ ।जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइक्रोमिटरको पिक्सेल साइज प्रदान गर्दछ ।

म्याक्रो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १०मा ५ एमपी सुपर म्याक्रो क्यामेरा सेन्सरको सुविधा रहेको छ । सुपर म्याक्रो लेन्स म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो। यसको मद्दतले उपभोक्ताहरुले २ एक्सथप जूम गर्न सक्दछन् । जसले म्याक्रो क्यामेरा एक्सपेरियन्सको लागि धेरै भिन्न परिप्रेक्षलाई सक्षम पार्दछ ।

उच्चतम गुणस्तरको स्तर कायम राख्दै रेडमी नोट १० प्रो मा कोर्निङ्ग गोरिल्ला ग्लास ५ रहेको छ जसले उपकरणलाई दुर्घटनात्मक झर्न र खरोच हुनबाट सुरक्षित राख्दछ । आइपी५२ रेटिंग रबराइज्ड पोर्टको साथको मेलले धुलो र पानी इनग्रेस विरुद्धको सुरक्षा सुनिश्चित गर्दछ । कोरोजन प्रतिरोधी पोर्टहरुले सबै मौसम उपयोगिताको सुनिश्चित गर्दछ ।

रेडमी नोट १० प्रो भिन्टेज ब्रोन्ज, ग्लेसियल ब्लु र डार्क नाइट जस्ता विविध रंगहरुमा उपलब्ध हुनेछन् । रेडमी नोट १० प्रो अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरुमा ३१ वैशाख २०७८ देखि नेपाली ३३ हजार ९९९ को सुपथ मूल्यमा उपलब्ध हुनेछ ।

5635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?