जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक २०औं वर्षमा, काठमाडौंकी रियाले जितिन् ५० हजार रुपैयाँको पुरस्कार

मुक्तिनाथ विकास बैंक २०औं वर्षमा, काठमाडौंकी रियाले जितिन् ५० हजार रुपैयाँको पुरस्कार

मुक्तिनाथ विकास बैंक २०औं वर्षमा प्रवेश गरेको छ। २०औं वर्ष प्रवेशका अवसरमा बैंकले आफ्नो केन्द्रीय कार्यालयका अलावा क्षेत्रीय र शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरेको छ।

केन्द्रीय कार्यालय लाजिम्पाट तथा क्षेत्रीय कार्यालय जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा बृहत रक्तदान कार्यक्रम गरी कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरिएको जनाएको छ।

बैंकले ‘सन् २०५० मा मेरो नेपाल’ शिर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता गराएको छ। प्रतियोगितमा ७९१विद्यार्थीले भाग लिएकामा काठमाडौंकी रिया खड्काले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार जितेकी छन्।

हरेक क्षेत्रीय कार्यालय अन्तर्गत उत्कृष्ट भएका विद्यार्थीले जनही १० हजार रुपैयाँ पाएका छन्। बैंकले १० वर्ष सेवा गरेका ४७ जना कर्मचारीलाई सम्मान गरेको छ।

825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्