जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका नौ जना कर्मचारी निलम्बीत !

सिटिजन्स बैंकका नौ जना कर्मचारी निलम्बीत !

विराटनगर–४, राजबंशीमा अवस्थित सिटिजन्स बैंकका ९ कर्मचारी निलम्बनमा परेका छन् । उनीहरुलार्य निलम्बन गरेर अनुसन्धान गरिएको छ । बैंकका कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेल सहितका कर्मचारी निलम्बनमा परेका छन् । निलम्बीत कर्मचारीलाई बैंकिङ कसुरमा कारबाही हुने छ । केहीले भने कार्बाहीमा परीने भएपछि राजीनामा दिइसकेका छन् । विराटनगर–४ स्थित राजबंशी चोकमा रहेको सिटिजन्स बैंक शाखामा ४ करोड ९१ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप कर्मचारीको मिलेमतोमा नक्कली ऋणी खडा गरी हिनामिना गरिएको थियो ।

समाचार स्रोतका अनुसार नक्कली ऋणी देखाएर कर्मचारीबाटै करिब ५ करोड हिनामिना गरिएको हो । विराटनगर ३ राजवंशी चोकमा रहेको कञ्चनबारी शाखामा यस घटनामा जम्मा ४ करोड ९१ लाख हिनामिना भएको छ । बैंकले बेंकभित्रका कर्मचारीमाथि कारबाहीका लागि प्रहरीमा निवेदन दिएपछि कार्बाही प्रकृया अघि बढेको छ । अडिटका क्रममा ऋण लगानी शंकास्पद देखिएपछि आन्तरिक छानबिन भएको हो । नक्कली लोन सिर्जना गरेको र सुरु सुरुमा किस्ता पनि रेगुलर दिने गरेको अनुसन्धानमा खुलेको छ । तथापी किस्ता रेगुलर हुन छाडेपछि लोनको प्रक्रिया बुझ्दै जाँदा नक्कली ऋणी तयार गरिएको पाइएको हो । उनका अनुसार शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाईमा अरु पनि कर्मचारी संलग्न भएको बुझिएको छ । यस अघि पनि उक्त बेंकमा यस्तै घटना भएको थियो । सिटिजन्स बैंकको कञ्चनबारी शाखबाट पाँच वर्षअघि तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी यस्तै कार्बाहीमा परेका थिए ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?