जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रास्वपाकाे संसदीय दलको नेता बालेन

रास्वपाकाे संसदीय दलको नेता बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय बालाजुमा बिहीबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेनलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो। प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको रास्वपाका नेताहरुले बताएका छन्। बालेन बिहीबार पहिलो पटक पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका हुन्।

गत पुस १३ गते रास्वपा सभापति रवि लामिछानेसँग सहमति गरी काठमाडौं महानगरपालिकाको मेयर पद छोडेर प्रतिनिधि सभा निर्वाचन लडेका बालेन बिहीबार सांसदको शपथ ग्रहण गरेपछि मात्र पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका हुन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेवदार घोषणा गरेर पार्टीमा भित्र्याएको थियो। निर्वाचनमा १८२ सिट जितेको रास्वपाले बिहीबार सरकार गठन गर्दैछ।

425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका