जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक

ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको हो ।

यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रीमा सस्मित पोखरेल आएपछि यो निर्णय भएको हो ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?