जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकलाई ए माइनस रेटिङ

ग्लोबल आइएमई बैंकलाई ए माइनस रेटिङ

ग्लोबल आइएमई बैंक लिमिटेडको जारीकर्ता रेटिङ पुनः पुष्टि गर्दै निगेटिभ वाचबाट हटाएको छ । रेटिङ एजेन्सि इक्रा नेपालले बैंकको जारीकर्ता रेटिङ ए माइनस कायम राखेको हो ।

यसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त सुरक्षा रहेको पुष्टि गरेको छ। रेटिङले बैंकको न्यून क्रेडिट जोखिम भएको देखाउँछ र बैंकको आर्थिक स्वास्थ्यमा स्थिरता रहेको संकेत दिन्छ।

बैंकले विगतमा प्रदर्शन गरेको वित्तीय स्थिरता, पूँजी संरचना, तरलता व्यवस्थापन र जोखिम नियन्त्रणका उपायहरू सन्तोषजनक रहेको देखिन्छ। बैंकले आफ्नो पूँजी पर्याप्त बनाएर जोखिमहरूलाई समयमै व्यवस्थापन गरेको तथा तरलता पूँजीको स्तर सन्तुलित राखेको मूल्याङ्कन गरिएको छ। यसकारण रेटिङलाई निगेटिभ वाचबाट हटाइएको हो।

त्यसैगरी बैंकले निष्काशन गरेको डेबेन्चरको रेटिङ पनि पुनः पुष्टि गर्दै निगेटिभ वाचबाट मुक्त गरिएको छ। अधीनस्थ डेबेन्चरमा पनि समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता रहेको देखिएको छ।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका