
नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितसँग नेपाल बैंकर्स संघले भेट शुक्रवार दिउसो भेट गरेको छ । संघले डेपुटी गभर्नर बनेकोमा पण्डितलाई बधाई दिनुका साथै बैंकर्सहरुले भोगेका समस्याहरूको बारेमा पनि कुरा भएको सहभागी कुमारी बैंकका सिइओ रामचन्द्र खनालले आर्थिकन्यूज डटकमलाई बताए ।
भेटमा डेपुटी गभर्नर पण्डितले बजारमा तरलता अत्यधिक भयो, यसको सदुपयोग कसरी गर्न सकिन्छ भनेर सोधेका थिए । ‘अहिले सरकार नयाँ छ, पुराना कुरा भन्दापनि कर्जाको माग कसरी कुन क्षेत्रमा बढाउन सकिन्छ नयाँ आइडिया दिनुस् ।’ सहभागी एक सिईओले भने । दिउसो २ बजे राष्ट्र बैंकमा भएको भेटमा डेपुटी गभर्नर पण्डितले राष्ट्र बैंकमा नयाँ सरकारको भिजन अनुसार नयाँ–नयाँ काम गर्न आइडिया दिन आग्रह गरे । साथमा बैंकरहरुले आफ्नै पुरानै समस्याहरूको पोको फुकाएका थिए ।
हाल बजारमा भएको तरलतालाई ठुला पूर्वाधारमा लगाएर मुलुकलाई फाइदा हुने क्षेत्र पहिचान गर्न डेपुटी गभर्नर पण्डितले बैंकरहरुलाई सुझाए । संघका अध्यक्ष सन्तोष कोइरालाको नेतृत्वमा गएको टोलीले डेपुटी गभर्नरसँग प्रोभिजनको प्रावधानमा संशोधन सम्बन्धमा यसअघिकै कमिटीले काम गरिरहेको सम्झाउँदै चाँडो कार्यान्वयनमा आए ऋणीलाई केही राहत हुने बताए ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































