जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना

कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बैंकिङ सेवाका लागि सहायक कम्पनी स्थापना

कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सम्बन्धी कार्य गर्नका लागिआकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरेको छ। अब सो कम्पनीलाई बैंकले आफ्नो सहायक कम्पनीको रुपमा संचालन गर्नेछ। सो कम्पनीलाई सहायक कम्पनीको रुपमा संचालन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेको बैंकले जनाएको छ।

यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबीच संस्थापक सेयर खरिद बिक्री गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको थियो। नेपाल राष्ट्र बैंकबाट उक्त लगानीका लागि स्वीकृति प्राप्त भएसँगै प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकिय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरु पूरा गरि मर्चेण्ट बैंकिङ सेवाहरु संचालनमा ल्याइने बैंकले जनाएको छ।

हाल आकाश क्यापिटलको नाममा रहेको उक्त कम्पनी कामना सेवाविकास बैंकको सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रुपमा संचालन हुने बैंकले जनाएको छ। यसबाट बैंकको सेवा दायरा विस्तार हुनुका साथै नेपालको पूँजी बजारको विकासमा सकारात्मक योगदान पुग्ने बैंकले विश्वास लिएको छ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका