जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बाराको जितपुरमा टीभीएसको नयाँ शोरुम

बाराको जितपुरमा टीभीएसको नयाँ शोरुम

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टीभीएस मोटरसाईकलको नयाँ शोरुम खुलेको छ। जीतपुरको स्वास्तिक ट्रेड एन्ड कन्सर्नले टीभीएसको अधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडीटोलमा एक कार्यक्रमको आयोजना गरी शोरुमको उद्घाटन गरेको हो। जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरुमको उद्घाटन गरेका थिए।

अध्यक्ष शर्माले शोरुमको उद्घाटन गर्दै सञ्चालक र टीभीएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिए। करिब २ करोड २५ लाखको लागतमा सञ्चालनमा आएको टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता स्वास्तिक ट्रेड एन्ड कन्सर्न जीतपुरका सञ्चालक किरन पुरीका अनुसार जीतपुरको टीभीएस शोरुममा टीभीएसको नयाँ मोटरसाइकल, स्कुट, पार्टस र सर्भिसिङलगायतका सम्पूर्ण काम हुनेछ।

3785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?