जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको २०८३ वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको हो । यसअघि नेपाल सरकारले २०८० साल चैत १३ गते गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

समितिले उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ । यस प्रक्रियामा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश हुन पुगेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिमा उपस्थित हुन आग्रह गरिएको छ । साथै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ । तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत समितिले दिएको छ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका