जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • श्रीमानलाई जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

श्रीमानलाई जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

पछिल्लो समय विवाह, व्रतबन्ध, विवाह, पास्नी, जन्मदिन, वार्षिकोत्सव जस्ता चाडपर्वहरूमा फजूल खर्च र महंगो क्षणिक रमाईलोको उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन दिन प्रतिदिन बढ्दै गइरहेको छ।

यसैको पछिल्लो उदाहरण स्वरूप कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालिका–०५ की सीता कुमारी जोशीले आफ्नो श्रीमानको जन्मदिनमा महंगो उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिएकी छन्।

उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय आईबीआरडीबाट ५ लाख रुपैयाँ बीमांकको सुरक्षित प्लस जीवन बीमा पोलिसी आफ्नो श्रीमानलाई जन्मदिनको उपहार स्वरूप दिएकी हुन्।

श्रीमानको जन्मदिनलाई थप विशेष र स्मरणीय बनाउने उद्देश्यले श्रीमानको भविष्यको जोखिम समेत रक्षावरण गर्ने हेतुले बीमा पोलिसी उपहार दिएको बताएकी छन्। उक्त बीमालेख शाखा प्रमुख शंकर जैशी र एजेन्सी म्यानेजर राम बहादुर रोकयाले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका