जोडिनुहोस
आइतवार, माघ १२, २०८२
आइतवार, माघ १२, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र ईपीएस दुवै बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र ईपीएस दुवै बढ्यो

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५३.९५ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिमा कुल ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ११.२९ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको इम्पेयरमेन्ट चार्ज २० करोड ८५ लाख रुपैयाँबाट घटेर १७ करोड ६८ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ७५ पैसाले बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुण छ भने प्रतिसेयर आम्दानी १५३ रुपैयाँ २४ पैसा रहेको छ ।

30
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका