जोडिनुहोस
मङ्लबार, माघ १४, २०८२
मङ्लबार, माघ १४, २०८२
  • होमपेज
  • दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो

दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो

चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले साढे २३ अर्बको ब्यवसाय गर्ने सफल भएका छन् । हाल सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीले आर्जन गरेको ब्यवसाय गत आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा १३.३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँको ब्यवसाय गरेका थिए ।

सर्वाधिक ब्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । ६ महिनामा कम्पनीको ब्यवसाय ७.१९ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको ब्यवसाय २ अर्ब ५९ करोड २ लाख रुपैयाँ रहेको थियो ।

सर्वाधिक ब्यवसाय आर्जन गर्ने दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.३४ प्रतिशतले बढेर २ अर्ब ६१ करोड, तेस्रो नम्बरमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४५ प्रतिशतले बढेर २ अर्ब ४९ करोड, चौथो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरको २.७३ प्रतिशतले बढेर २ अर्ब १९ करोड र आइजिआई प्रुडेन्सियलको १९ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको हो ।

सर्वाधिक ब्यवसाय वृद्धि गर्नेमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स पहिलो नम्बरमा रहेको हुन् ।

दोस्रो त्रैमाससम्मको अवधिमा एनएलजी इन्स्योरेन्सको ब्यवसाय ३३.५५ प्रतिशतले बढेर १ अर्ब ८७ करोड, नेको इन्स्योरेन्सको ८.२७ प्रतिशतले बढेर १ अर्ब ८० करोड, युनाइटेड अजोडको २७.२९ प्रतिशतले बढेर १ अर्ब ५३ करोड, ओरियन्टल इन्स्योरेन्सको ११ प्रतिशतले बढेर १ अर्ब ५० करोड, सानिमा जीआईसीको १९.७१ प्रतिशतले बढेर १ अर्ब ४२ करोड, नेपाल इन्स्योरेन्सको ८ प्रतिशतले बढेर १ अर्ब १८ करोड, प्रभु इन्स्योरेन्सको ३.६९ प्रतिशतले बढेर ९३ करोड ७२ लाख र नेशनल इन्स्योरेन्सको १२.४४ प्रतिशतले बढेर ६९ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यता, राष्ट्रिय बीमा कम्पनीको ब्यवसायभ भने २०.३४ प्रतिशतले घटेर ५६ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?