जोडिनुहोस
मङ्लबार, माघ २८, २०८२
मङ्लबार, माघ २८, २०८२
  • होमपेज
  • चाहेर पनि पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन पाइनँ : अर्थमन्त्री

चाहेर पनि पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन पाइनँ : अर्थमन्त्री

अर्थमन्त्री रामेश्वर खनालले चाहेर पनि यसबीचमा पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन नपाएको बताएका छन् ।

चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा मंगलबार अर्थमन्त्री खनालले यसबीचमा सरकारको प्राथमिकता निर्वाचन भएका कारण आफू र अन्य विकासे मन्त्रालयका मन्त्रीहरूको ध्यान र प्राथमिकता पनि त्यसतर्फ बढी भएको बताए । सोहीकारण पूँजीगत खर्च वृद्धिमा ध्यान दिन नसकिएको उनले बताए ।

निर्वाचन वातावरण बनाउन अधिकतम संवाद गर्नुपर्ने र त्यसमा केन्द्रित हुुनुपर्ने भएपछि विकास र निर्माणका काममा ध्यान दिन नसकिएको अर्थमन्त्री खनालले स्वीकारे । चालु आव २०८२/८३ मा पूँजीगत बजेट खर्च न्यून छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?